News and Blog

वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई बधाई !

WhatsApp Image 2024-08-11 at 11.17.53 AM (1)
NoticesStudents' Activities

वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई बधाई !

२०८१/०४/२५ गते शुक्रबार नेपाल कानून व्यवसायी परिषद लुम्बिनी प्रदेश सम्पर्क कार्यालय बुटवलको आयोजना एवम् लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलको सह-आयोजनामा यस सिटी क्याम्पसका विद्यार्थीहरु बिच “न्याय सम्पादनमा कानून व्यवसायीको भूमिका” विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएकोछ | उक्त प्रतियोगितामा बि.ए.एल.एल.बि. चौंथो सेमेस्टरकी छात्रा प्रमिशा घिमिरेले प्रथम स्थान हासिल गरेकी थिइन | त्यसैगरी सातौ सेमेस्टरकी छात्रा सम्झना पराजुलीले द्वितीय एवम् चौंथो/ दोश्रो सेमेस्टरमा अध्यनरत विद्यार्थी छात्रा रचना खनाल र छात्र विवेक शर्माले तृतीय स्थान हासिल गरेका थिए | विजयी विद्यार्थीहरुलाई हार्दिक बधाई | २८ जना विद्यार्थीले प्रतियोगितामा सहभागीता जनाएका थिए | उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधिस श्रीमान् सुभाष पौडेलको प्रमुख आतिथ्यता एवम् यस विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यज्यूको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन भएको थियो| कार्यक्रमका आयोजक नेपाल कानून व्यवसायी परिषद लुम्बिनी प्रदेशका पार्षद अधिवक्ता बाबुराम पाण्डेयले कार्यक्रमको औचित्यको माथि प्रकाश पार्नु भएको थियो |

Leave your thought here

Your email address will not be published. Required fields are marked *